निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गर्ने, शीर्ष भूमिकामा सौगात र सृष्टि

२ हप्ता पहिले १३९

काठमाडौं । सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा आधारित रहेर निगम श्रेष्ठले नयाँ फिल्म ‘भाइरल गोर्खे’ निर्देशन गर्ने भएका छन् ।

सौगात मल्ललाई शीर्ष भूमिकामा लिएर ‘छड्के’ फेम्ड निर्देशकले नयाँ फिल्म निर्देशनको घोषणा गरेका हुन् । मंगलबार सार्वजनिक गरिएको टीजर पोस्टरमा सौगातको क्यारेक्टर लुक्स चित्रण छ ।

जहाँ उनी दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेको देख्न सकिन्छ । कमेडी जनरामा निर्माण हुने यो फिल्ममा सौगातसहित बुद्धि तामाङ, सृष्टि श्रेष्ठ र लक्ष्मी गिरी लगायतको अभिनय हुनेछ ।

लमजुङ र गोर्खामा छायांकन गरिने फिल्मले भाइरल हुन जे पनि गर्ने प्रवृत्तिलाई व्यंग्य गर्ने निर्देशक श्रेष्ठले बताए । छायांकन बैशाख ६ गतेदेखि सुरु हुँदैछ । अमर महर्जनले छायांकन गर्नेछन् ।

विशाल ताम्राकार र महेश लामिछाने निर्माताको रुपमा छन् । निर्देशक श्रेष्ठको यो चौंथो निर्देशकीय फिल्म हुनेछ । ‘छड्के’बाट छायांकन सुरु गरेका उनले लालपूर्जा र छड्के २ निर्देशन गरेका छन् ।

‘भाइरल गोर्खे’का लागि सौगातले तौल पनि घटाएका छन् । केही दिनअघि ‘द रेड सुट्केस’को पत्रकार सम्मेलनमा भेटिएका सौगातले ‘भाइरल गोर्खे’का लागि तौल घटाएको बताएका थिए ।

पुरा समाचार पढ्नुहोस्