ग्लोबल आईएमई बैंकको नाफा २४ प्रतिशत घट्यो

१ हप्ता पहिले १२

७ वैशाख, काठमाडौं । ग्लोबल आईएमई बैंकको नाफामा २४ प्रतिशतले गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्मको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ छ ।

गत वर्ष यसै अवधिमा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढे पनि ठूलो रकम लोन लस प्रोभिजन गर्दा नाफा घटेको देखिन्छ । चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३ अर्ब २ करोड छ, गत आवको यसै अवधिमा ११ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकले लोन लस प्रोभिजनवापत ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ, जुन पहिलेको तुलनामा ९४ प्रतिशत बढी हो ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ३.९६ प्रतिशत रहेकोमा अहिले बढेर ४.७४ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ ।

वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) गत आर्थिक वर्ष यसै अवधिमा १७ रुपैयाँ ८ पैसा छ रहेकोमा अहिले १२ रुपैयाँ २० पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा छ । आधार दर ८.८४ प्रतिशत तथा स्प्रेड रेट ३.९८ प्रतिशत छ । बैंकको सीडी रेसियो ७९.४० छ ।

 

पुरा समाचार पढ्नुहोस्