एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढ्यो

१ हप्ता पहिले

७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशत घटेको छ । गत वर्ष यसै अवधिमा ४ अर्ब १ करोड खुद नाफा कमाएको बैंकले अहिले १ अर्ब ९१ करोड कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा असर परेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी गत वर्ष यसै अवधिमा ९ अर्ब ९ करोड रहेकोमा अहिले ८ अर्ब १८ करोडमा खुम्चिएको छ । त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ०.८५ प्रतिशत रहेकोमा अहिले ३.०८ प्रतिशत पुगेको छ ।

बैंकको लोन लस प्रोभिजन ह्वात्तै बढेको छ । गत वर्ष यस्तो रकम २३ करोड रहेकोमा अहिले २ अर्ब १४ करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ऋणात्मक छ ।

त्यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ १२ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा छ । आधार दर ८.८६ प्रतिशत तथा स्प्रेड रेट ३.९९ प्रतिशत छ । बैंकको सीडी रेसियो ८५.८१ छ । यस वर्ष सेयरधनीलाई एनआईसी एसियाले अरु वाणिज्य बैंकभन्दा धेरै २९ प्रतिशत बोनस सेयरसहित कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो ।

पुरा समाचार पढ्नुहोस्